बलिउडका आइटम गर्ल्सकाे पारिश्रमिक कति ?

पछिल्लो समय प्रदर्शन भैरहेका प्रायः सबै फिल्महरुमा एक-एक वटा आइटम डान्स समावेश गरिएका हुन्छन् । अझ पुराना हिट गीतलाई रिमिक्स गरेर त्यसलाई आइटम डान्सको स्वरुप प्रदान गर्नु अहिले फेसन जस्तै बनेको छ ।

त्यसो त हिन्दी फिल्ममा प्रयोग गरिने आइटम डान्सलाई फिल्म चलाउने फण्डाको रुपमा पनि चित्रण गरिन्छ भने कतिपयले यसलाई फिल्मी फर्मूला समेत भनिरहेका छन् । करीना कपूरदेखि लिएर दीपिका पादुकोणसम्मका बलिउड अभिनेत्रीहरुले विभिन्न फिल्महरुमा आइटम डान्स गरेर दर्शकको मन जितिसकेका छन् भने त्यसरी डान्स गरेर पारिश्रमिकको रुपमा ठूलै रकम समेत पाइरहेका छन् । बलिउडका सबैभन्दा महंगा आइटम डान्सर को-का् हुन् त ?

सनी लियोनी

पारिश्रमिकः ४ देखि ५ करोड भारु

अभिनेत्री सनी लियोनी बलिउडकै सबैभन्दा महंगी आइडम डान्सर हुन् । बलिउडका फिल्महरुमा उनको डिमाण्ड सबैभन्दा बढि छ । उनले शाहरुख खान जस्ता सुपरस्टारको फिल्म ‘रईस’ पनि समेत आइटम डान्स गरिसकेकी छिन् । उनी एउटा गीतमा आइडम डान्स गरेको ४ देखि ५ करोड भारुसम्म पारिश्रमिक लिन्छिन् । सनीले आइटम डान्स गरेका प्रायः सबै गीतहरु लोकपि्रय भएका छन् ।

प्रियंका चोपडा



पारिश्रमिकः ३ देखि ४ करोड भारु

बलिउड अभिनेत्री प्रियंका चोपडाले ‘राम जाने’ जस्तो उत्कृष्ट आइटम गीतमा नृत्य गरिसकेकी छिन् । उनी एउटा गीतमा आइटम डान्स गरेको तीनदेखि चार करोड भारु सम्म पारिश्रमिक लिन्छिन् । उनी प्रायः एक ग्रेडका फिल्महरुका लागि मात्र आइटम डान्स गर्न रुचाउँछिन् ।



कट्रिना कैफ

पारिश्रमिकः तीन करोड भारु

चिकनी चमेली तथा शीला की जवानी जस्ता लोकप्रिय आइटम गीतमा कटि्रना कैफले कम्मर मर्काइसकेकी छिन् । उनी एउटा आइटम गीतमा डान्स गरेको तीन करोड भारु पारिश्रमिक बुझ्छिन् । कटि्रनाले आइटम गीत गर्ने आफ्नै शैली छ । उनी आफ्ना नजिकका निमर्ँता-निर्देश्ँकका फिल्मका आइटम गीतमा मात्र डान्स गर्न रुचाउँछिन् ।

दीपिका पादुकोण

पारिश्रमिकः तीन करोड भारु

कटि्रना कैफ झैं दीपिका पादुकोणले पनि आफ्ना नजिकका निर्माता, निर्देश्ाक अथवा अभिनेताका लागि मात्र आइटम डान्स गर्ने नियम बनाएकी छिन् । उनी एउटा आइटम गीतमा डान्स गरेको तीन करोड भारुसम्म पारिश्रमिक लिन्छिन् ।

ज्याकलिन फर्नान्डिस

पारिश्रमिकः दुई करोड भारु

फिल्म बागी-२ मा ज्याकलिन फर्नान्डिजले गरेको ‘एक दो तीन…’ शीर्षकको आइटम गीतले दर्शकहरुको मन जित्न सकेन । यद्यपि, उनी पनि बलिउडकी लोकपि्रय आइटम डान्सर अभिनेत्री हुन् । उनी एउटा गीतमा आइटम डान्स गरेको करिव दुई करोड भारु पारिश्रमिक लिन्छिन् ।

मलाइका अरोरा

पारिश्रमिकः दुई करोड भारु

मलाइका अरोरा कुनै बेला नम्बर एक आइटम डान्सरको रुपमा स्थापित थिइन् । उनले आइटम डान्स गरेको मुन्नी बदनाम हुइ…लोकप्रिय मानिन्छ । पछिल्लो समय भने उनी आइटम गीतमा त्यति रुची राखेको पाईंदैन । उनी एउटा गीतमा डान्स गरेको दुई करोड भारुसम्म लिन्छिन् ।

उर्वशी रौटेला

पारिश्रमिकः ५० लाख भारु

अभिनेत्री उर्वशी रौटेलाले आइटम डान्स गरेको गीत ‘सारा जमाना…’ अत्यन्त लोकपि्रय रह्यो । उनी एउटा गीतमा आइटम डान्स गरेको ५० लाख भारु पारिश्रमिक लिन्छिन् ।

  • प्रकाशित मिति : माघ १८, २०७६ शनिबार १५:२०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया