नेविसंघको अधिवेशन तोकिएकै समयमा हुन्छ : अध्यक्ष ढुंगाना

काठमाडौं– नेविसंघ तदर्थ समितिका अध्यक्ष राजीव ढुंगानाले तोकिएकै समयमा अधिवेशन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

तदर्थ समिति गठन सम्बन्धमा पार्टीमा सहमति भइसकेकाले समितिले केही दिनमै पूर्णता पाउने उनले बताएका छन् । 

तोकिएकै मितिमा अधिवेशन हुने बताउँदै उनले यसमा आशंका नगर्न आग्रह गरेका छन् । उमेरहदबारे अनावश्यक टिप्पणी भइरहेको भन्दै उनले नयाँ विधान १२औँ महाधिवेशनमा लागू हुने उललेख गरे । 

विशिष्ठ परिस्थितिमा आफू नेतृत्वमा आएको बताउँदै उनले भने, ‘नेविसंघलाई पनि नेतृत्व दिने र पार्टीसँग पनि समन्वय गर्ने भएकोले पाको नेतृत्व आएको हो ।’ 





  • प्रकाशित मिति : माघ १८, २०७६ शनिबार १६:१८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया