नेकपा सांसदले नै मागे सन्चारमन्त्रीको राजीनामा

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद्ले नै सरकारका प्रवक्ता तथा सन्चारमन्त्रीका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सांसद् सुदन किराँतीले सन्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिनु पर्ने बताएका छन् । 

मन्त्री बाँस्कोटाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे दिएको अभिव्यक्ति आत्मसमर्पणवादी भएको भन्दै किराँतीले राजीनामा माग गरेका हुन् । 

‘उहाँले अमेरिकाले चाह्यो भने एक घन्टामा नै सुलेमानी बनाइदिन्छ भन्ने कुरा भाइरल भएको छ,’ किराँतीले केही दिनअघि बाँस्कोटाले भनेको कुरालाई उद्धृत गर्दै भनेका छन्, ‘उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।’





  • प्रकाशित मिति : माघ १९, २०७६ आइतबार १०:५१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया