चीनबाट १ सय ७० नेपाली फर्किँदै

कोरोना भाइरसको प्रकोप फैलिएसँगै सरकारले चीनमा भएका नेपाली विद्यार्थी फिर्ता ल्याउने तयारी पूरा गरेको छ । जस अन्तर्गत चीनको हुवेई प्रान्तबाट नेपाल फर्कन एक सय ७० जनाले बेइजिङस्थित नेपाली दूतावासमा फारम भरेका छन् । 

आइतबार बिहानसम्म समय तोकेर दूतावसले फारम संकलन गरेको थियो । 

नेपालले विस्तृत उडान विवरण पठाएपछि उनीहरुलाई ल्याउन सुरु गरिने नेपाली दुतावासका उपनियोग प्रमुख सुशिल लम्सालले बताए । 

चीनबाट आइतबार मात्र भारतले सात माल्दिभ्सका र तीन सय २३ भारतीय नागरिकको उद्दार गरेको छ ।





  • प्रकाशित मिति : माघ १९, २०७६ आइतबार १३:२०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया