राष्ट्रिय सभामा अदुअआ तेस्रो संशोधन विधेयक स्वीकृत

काठमाडौं– राष्ट्रिय सभाको आजको बैठकले  (अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन) विधेयक, २०७६’ लाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।  बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा कानुनमन्त्री ढकालले सार्वजनिक पदधारण गरेका व्यक्तिले तीन महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी प्रावधान रहेको तर सम्पत्ति सार्वजनिक गर्ने वा नगर्ने भन्नेचाहिँ अहिले बहसमै रहेको बताए । उनले सार्वजनिक पदधारण गरेका व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थाबाट भने उन्मुक्ति दिन नहुने प्रष्ट पारे ।  उनले भने, ‘संविधानअनुकूल बनाउन सरकारले विधेयक संशोधन लिएर आएको हो, संविधानको दायरामै रहेर विधेयक आउँछ । आयोगका कर्मचारीलाई दण्ड र पुरस्कारको व्यवस्था हुन्छ ।’  

प्रस्तावमाथि सांसद राधेश्याम अधिकारी, प्रकाश पन्थ, प्रमिला कुमारी, जीतेन्द्रनारायण देव, ठागेन्द्रप्रकाश पुरी र  रामप्रीत पासवानले छलफलमा भाग लिंँदै विधेयकमा सार्वजनिक पदधारण गरेका व्यक्तिले सम्पत्ति विवरण बुझाउनु नपर्ने, मन्त्रिपरिषद्ले गरेका निर्णयमा भ्रष्टाचार हुँदा पनि आयोगले हेर्न नमिल्ने र सार्वजनिक पदधारण गरेको कुनै व्यक्तिमाथि पाँच वर्ष पछाडि कुरा उठाउन नपाइनेजस्ता विवादास्पद विषय समेटिएको भनी आलोचना गरे । समितिको अर्को बैठक यही माघ २२ गते अपराह्न १ बजे बस्नेछ । 





  • प्रकाशित मिति : माघ १९, २०७६ आइतबार १६:५७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया