नेप्से परिसूचक २१ अंकले वृद्धि

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आइतबार २१.२६ ले बढेर एक हजार ३४६.६४ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९९ विन्दुले बढेर २८६.७५ मा पुगेको छ । 

नेप्सेले उकालो यात्रा तय गर्दा कारोवार रकम भने रु दुई अर्ब माथि नाघेको । कुल १ सय ७५ कम्पनीका ५३ लाख ४६ हजार ५ सय ८ कित्ता सेयर दुई अर्ब सात करोड ७९ लाख ८७ हजार ७ सय ९९ मूल्यमा खरिद–बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये दुई उपसमूहको सेयर ओरालो लाग्दा १० उपसमूहको सेयर भने बढेको छ । व्यापार ०.६२ र जीवन बिमा १.०९ले घटेको छ । 

यस्तै बैंकिङ २७.०४, होटल ८.६६, विकास बैंक २८.३२, जलविद्युत् ३.०९, वित्त ४.१८, निर्जीवन बिमा १०१.५२, उत्पादन ४७.७८, अन्य ३.१६, लघुवित्त २२.१३ र सामूहिक लगानी कोष ०.०७ ले बढेको छ ।  नेप्सेका अनुसार कारोबारका आधारमा आज सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड ११ लाख चार हजार ९ सय ६७ मूल्यबराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

यस्तै, गरिमा विकास लघुवित्त नौ करोड ४८ लाख ५८ हजार ३ सय ३०, एनआइसि एसिया बैंक रु ६ करोड २९ लाख ९५ हजार ६ सय ८९, प्रभु बैंक ६ करोड १९ लाख ९८ हजार १ सय ३५, हिमालयन डिस्टिलरी रु ६ करोड १४ लाख ५५ हजार २ सय २३ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु ६ करोड पाँच लाख ४७ हजार ८ सय ६७ मूल्यबराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

आज गरिमा विकास लघुवित्त ९.९३, नयाँ नेपाल लघुवित्त ९.८९, मिथिला लघुवित्त वित्तीय संस्था ९.८८, ग्लोबल आइएमई समुन्नत स्किम एक ८.८८, खानीखोला हाइड्रोपावर ७.१४ र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले ७.०९ प्रतिशतले कमाए । त्यस्तै सिनर्जी पावर ४.७१, समता माइक्रोफाइनान्स ४.६३, अरुण काबेली ४, रिडी हाइड्रोपावर ३.७९, गुह्यश्वरी मर्चेन्ट बैंक ३.५९ र युनाइटेड फाइनान्सका लगानीकर्ताले ३.२७ प्रतिशतले गुमाए । 





  • प्रकाशित मिति : माघ १९, २०७६ आइतबार १७:२५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया