काठमाडौ– नेकपाले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ । यसअघि सचिवालय सदस्य मात्र रहेका गौतम अब वैधानिक रुपमा पार्टीको उपाध्यक्ष बनेका हुन् ।
नेकपा केन्द्रीय कमिटी बैठकले विधान संशोधन र संगठनात्मक प्रस्ताव पारित गरेर गौतमलाई उपाध्यक्ष बनाएको हो । यसअघि गत असोजमा गौतमलाई उपाध्यक्ष बनाउन केन्द्रीय सचिवालय बैठकले प्रस्ताव गरेको थियो । तर, विधानमा उपाध्यक्ष पदको व्यवस्था नभएकाले विधान संशोधन गरेर उनलाई उपाध्यक्ष बनाउन बाटो खोलिएको थियो ।
केन्द्रीय सचिवालय बैठकको प्रस्तावलाई सुरुमा स्थायी कमिटीले पास गरेर त्यसलाई केन्द्रीय कमिटीमा ल्याएर वैधानिकता दिइएको हो । तत्काललाई केन्द्रीय कमिटीमा मात्र उपाध्यक्ष पद राख्ने निर्णय पारित भएको बताइएको छ ।
केन्द्रीय कमिटी बैठकले सर्वसम्मत रुपमा गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।