ए डिभिजन लिग : पुलिसविरुद्ध आर्मीको उत्कृष्ट पुनरागमन

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ४–२को गोल अन्तरले पराजित गरेको छ । दुई विभागीय टोलीबीच भएको खेलमा आर्मीले उत्कृष्ट पुनरागमन गरेको हो । जितसँगै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको खेलमा पुलिसले दुईपटकको अग्रता जोगाउन नसक्दा खेल गुमाएको हो । 

पुलिसले खेलको २०औँ मिनेटमा बुद्ध बल तामाङको गोलबाट अग्रता लिएको थियो । उनले निरकुमार राईको फ्रिकिक बलमा हेडमार्फत उत्कृष्ट गोल गरेका थिए । खेलको ३४औँ मिनेटमा सुमन अर्यालले गोल गर्दै आर्मीलाई खेलमा फर्काएका थिए ।

खेलको ५८औँ मिनेटमा मानबहादुर परियारले गोल गर्दै पुलिसलाई पुनः अग्रता दिलाएका थिए । उनले निरकुमार राईको कर्नर बललाई हेडमार्फत जाली चुमाएका थिए । खेलको ७७औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई पुनः खेलमा फर्काएका थिए । 

खेलको अन्त्यतिर सम्हालिन नसक्दा पुलिसले थप गोल खान पुगेको थियो । खेलको ८५औँ मिनेटमा नवयुग श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए भने ८९औँ मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीको जित पक्का गरेका थिए । आर्मीका नवयुग श्रेष्ठ खेलको उत्कृष्ट खेलाडी घोषित भए । 

यो जितसँगै आर्मीले दोस्रो स्थानको मछिन्द्र क्लबसँग १ अंकको अग्रता बनाएको छ । आर्मीले १० खेलबाट २३ अंक जोडेको छ भने आज पराजय बेहोरेको पुलिस समान खेलबाट १४ अंक जोड्दै लिगको सातौँ स्थानमा छ ।  
 





  • प्रकाशित मिति : माघ १९, २०७६ आइतबार १७:५२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया