ऋषि कपुर बिरामी, भर्ना भए अस्पताल

बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना भएका छन् । उनी दिल्लीस्थित एक अस्पतालमा भर्ना भएका हुन् । समाचार एजेन्सी पिटिआईका अनुसार उनलाई इन्फेक्सन भएपछि आइतबार अचानक अस्पतालमा भर्ना गरिएको हो । उनीसँग पत्नी नितू सिंह, छोरा रणबीर कपुर आलिया भट्ट पनि अस्पतालमा पुगेका छन् । 

ऋषि कपुर केहीअघि मात्र अमेरिकाबाट क्यान्सर उपचार गरेर फर्किएका थिए । 

योबीचमा उनले अब फिल्म ‘द इन्टर्न’को हिन्दी रिमेकमा काम गर्ने बताएका थिए । यो फिल्ममा उनीसँगै दीपिका पादुकोण पनि हुनेछिन् । 





  • प्रकाशित मिति : माघ १९, २०७६ आइतबार १९:२६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया