पाँचौ बिहेको १२ दिनमा नै किन डिभोर्स गरिन् यी अभिनेत्रीले ?

हलिउडकी चर्चित अभिनेत्री हुन्, पामेला एन्डरसन । उनले यही वर्ष २० जनवरीमा प्रोड्युसरसमेत रहेका जोन पिटर्ससँग विवाह गरेकी थिइन् । 

त्यसो त यो विवाहलाई बाहिर खासै ल्याइएको थिएन । पारिवारिक व्यक्तिहरुमात्र बोलाएर गरिएको यो पामेलाको पाँचौ विवाह थियो । तर, अचम्मको कुरा के भने विवाह गरेको १२ दिनमा नै पामेलाले डिभोर्स गरिन् । 

द हलिउड रिपोर्टका अनुसार यो विवाह गरेपछि पामेलाले ब्रेक लिन चाहिन् । त्यसैले उनले १२ दिनमा नै यो विवाह टुटाइन् । पामेलाले यसअघि पनि पाँच जनासँग विवाह गरेकी थिइन् । उनको पहिलो विवाह ३ वर्ष टिकेको थियो । 





  • प्रकाशित मिति : माघ १९, २०७६ आइतबार २०:३९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया