ड्राइभरबाट न्युजिल्यान्डका सबैभन्दा धनी बनेका ग्य्रामी हार्ट

एजेन्सी– जो कसैले पनि चाहेको खण्डमा आफ्नो भाग्य बदल्न सक्छ । तर, यसका लागि त्यो व्यक्तिसँग सबैभन्दा बलियो अस्त्र चाहिन्छ । त्यो हो– मेहनत ।

र, यसको उदाहरण हुन्, न्युजिल्यान्डका सबैभन्दा धनी व्यक्ति ग्य्रामी हार्ट ।

अहिले सात अर्ब अमेरिकी डलर सम्पत्तिका मालिक हार्ट कुनै समय स्कुलको पढाइ पनि पूरा नगरेका ट्रक ड्राइभर थिए । उनले त ट्रक चलाएनन् मात्र गाडीहरु मर्मत गर्ने ठाउँमा मजदूरी पनि गरे ।

अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार पछिल्लो साता स्टक मार्केटमा आफ्नो भाग्य दर्शाउँदै ६४ वर्षका ग्य्रामी हार्टले रेनाल्ड्स कन्ज्युमर प्रोडक्ट्स इंक नामको कम्पनी सुरु गरेका छन् । ब्लूमबर्गको बिलेनियर इन्डेक्सका अनुसार हार्टको कम्पनीले शेयर बजारमा सोमबार ३.७ प्रतिशतको वृछि देख्यो । यसका साथसाथै हार्टको सम्पत्ति ४.४ अर्ब डलर पुग्यो ।

न्युजिल्यान्डका सबैभन्दा धनी व्यक्ति हार्टले १६ वर्षको हुँदा आर्थिक संकटका कारण पढाइ छोड्नु परेको थियो । त्यसपछि उनी ट्रक चलाउन गएका थिए । त्यसपछि उनले काम गर्दै पढाइलाई पनि अगाडि बढाए ।

न्युजिल्यान्डको ओटागो विश्वविद्यालयबाट पछि एमबिए सकेका हार्टले यति मेहनत गरे कि अहिले उनको व्यवसाय हरेक क्षेत्रमा छ । दूधदेखि लिएर एल्मुनियम फाइल बनाउने देखि फास्टफुड चेनसम्म उनले काम गरेका छन् । उनले व्यवसाय गरेर नै पिएचडीको उपाधि पनि पाएका छन् ।



तर, उनलाई पब्लिसिटी र चर्चा खासै मन पर्दैन । त्यसैले उनले खासै अन्तर्वार्ताहरु पनि दिने गरेका छैनन् । हुन त उनीसँग व्यक्तिगत पानीजहाज देखि विमानसम्म छ तर उनी साधरण जीवनलाई नै प्राथमिकता दिन्छन् ।

सन् २०१८ मा ओटागो विश्वविद्यालयमा एक कार्यक्रममा सम्बोधन गर्दै हार्टले भनेका थिए– साहसी बन्नोस्, असफल भन्ने कुरा केही छैन । 



  • प्रकाशित मिति : माघ २१, २०७६ मंगलबार २३:१७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया