एजेन्सी– अमेरिकी राजनीतिमा नयाँ नयाँ मोड देखिन थालेको छ । त्यहाँको संसदकी सभामुख र राष्ट्रपतिबीचको द्वन्द्व उत्कर्षमा पुग्न थालेको छ ।
मंगलबार संसदका दुवै सदनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गरेका थिए । यो ट्रम्पको तेस्रो स्टेट अफ द युनियन सम्बोधन थियो ।
यसपटक यसको मुख्य थिम इट्स द ग्रेट अमेरिकन कमब्याक थियो । यही बीचमा राष्ट्रपति र संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीबीच गरमागरम सम्बन्ध देखिएको हो । ट्रम्पले सम्बोधन गर्नुभन्दा पहिले पेलोसीले अभिवादन स्वरुप ट्रम्पलाई हात मिलाउन हात अगाडि बढाएकी थिइन् ।
तर, ट्रम्पले त्यसलाई बेवास्ता गरे ।
सायद, यही कुराले रिसाएर बसिरहेकी थिइन्, पेलोसी । ट्रम्पले सम्बोधन सक्नेवित्तिकै उनले सबैको अगाडि उनको सम्बोधनको कपी च्यातिदिइन् ।
भोलि अमेरिकी उच्च सदन सिनेटमा ट्रम्पमाथि लागेको महाभियोग प्रस्तावमाथि मतदान हुने कार्यक्रम रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।