दिल्लीका मुख्यमन्त्री केजरीवालकी छोरीले भनिन्– गीता पढाउनु आतंकवाद हो ?

एजेन्सी– भारतको नयाँ दिल्लीमा विधानसभा निर्वाचनका कारण पार्टीहरुबीच एक अर्कालाई आरोप–प्रत्यारोप लगाउने काम चलिरहेको छ । उनीहरु एकअर्कासँग निकै आक्रामक देखिएका छन् । विशेषगरि आम आदमी पार्टी र भारतीय जनता पार्टीका नेताहरुले एकअर्कालाई निकै बढी घोचपेच गरेका छन् । 

यहीबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केउजरीवाललाई भाजपाका सांसद प्रवेश वर्माले आतंकवादी बताएका थिए । केन्द्रीय मन्त्री प्रकाश जावडेकरले पनि केजरीवाललाई आतंकीको नै संज्ञा दिए ।

अब यस विषयमा केजरीवालले होइन, उनकी छोरीले जवाफ दिन थालेकी छिन् । बुधबार हर्षिताले बाबुले आफूहरुलाई गीता पढाएको तर आलोचकले अनर्थ लाग्ने गरि गाली गरेको आरोप लगाइन् । उनले भनिन्, ‘उहाँले हामीलाई गीता पढाउनु भयो, के यो आतंकवाद हो ?’





  • प्रकाशित मिति : माघ २२, २०७६ बुधबार १२:४७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया