Thu, 27 Feb, 2020


वाग्मतीले साझा यातायातलाई पैसा नदिने
रासस
फरकधार / माघ २३, २०७६

काठमाडौँ — वाग्मती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी ‘विद्युतीय बस’ सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैँ बस खरिद गरी सञ्चालन गर्ने तयारी अगाडि बढाएको जनाएको छ । संघीय सरकारले  सो यातायातलाई विद्युतीय बस खरिद गर्न  दिएको तीन अर्ब रुपैयाँ फिर्ता लिने निर्णय गरेको थियो ।



प्रदेश सरकारले साझा यातायातलाई ३० करोड रुपैयाँ दिने प्रतिबद्धता जनाए पनि हालसम्म उपलब्ध नगराइसकेको बताइएको छ । सो रकमबाट विद्युतीय बस खरिदमा नै प्रयोग गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए । उनले भने, 'रकम साझालाई नदिने भनिए पनि निर्णय भइसकेको छैन, निर्णय भएपछि प्रदेश सरकारले आवश्यक तयारी गर्नेछ ।'

प्रदेश सरकारले बस खरिद र प्रदेशभित्रको यातायात व्यवस्थापन गर्न ‘यातायात निगम’ स्थापनाको तयारी अघि बढाएको जनाइएको छ । यसका लागि आवश्यक छलफल भइरहेको उहाँले बताउनुभयो । साझालाई विद्युतीय बस खरिदका लागि ३० करोड रुपैयाँ दिने सम्झौता गत असार १६ भएको थियो । प्रदेश सरकारसँगै सोही दिन बस खरिदकै लागि काठमाडौँ महानगरपालिकाले १० करोड रुपैयाँ र ललितपुर महानगरपालिकाले दुई करोड ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गर्ने सम्झौता गरेका थिए ।

यी दुवै महानगरपालिकाले साझामार्फत नै बस खरिद गरी बस सञ्चालन गर्ने कि रकम फिर्ता लिने भनी निर्णय गरिसकेको छैनन् । विभिन्न स्थानीय तहले साझाको सेयर रकम खरिद गरेर विगतदेखि नै बस सञ्‍चालन गर्दै आएका छन् 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्