प्रहरीले पक्राउ गर्याे साझा पार्टीका नेता कार्यकर्ता
फरकधार / २४ माघ, २०७६

काठमाडाैं— प्रहरीले साझा पार्टीका एक दर्जन नेता कार्यकर्ता पक्राउ गरेको छ ।

ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्यायपूर्ण निर्णय गरेको भन्दै अख्तियारको कार्यालय अगाडि प्रदर्शन गर्न पुगेका साझा पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे हाे । 

प्रहरीले प्रदर्शनमा सहभागि केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार र युवा संगठनका संयोजक अब्दुल मियाँ सहित १ दजर्नलाई पक्राउ गरेको हो । 

  • प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार ११:५९:२८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया