ओस्कर २०२०मा मनोनीतले पाउनेछन् २ करोडभन्दा बढीको उपहार

एजेन्सी– ९ फेब्रुअरीमा डल्बी थिएटरमा हुन लागेको २०२० को ओस्कर अवार्ड कार्यक्रमका यसपटकका मनोनीतको गुडी ब्याग निकै विशेष हुने भएको छ । सधैँझैँ ओस्करमा मनोनीत हुनेहरुलाई यो गुडी ब्याग अवार्ड नाइट हुनुअघि नै दिइनेछ । यो गुडी ब्याग मनोनीतलाई ओस्कर विकको क्रममा दिने गरिन्छ । जो यति विलासी हुन्छन् कि तपाईंले सायदै सोच्नुभएको होला ।

गत वर्ष एक लाख डलर मूल्यको

पछिल्लो दुई दशकदेखि मार्केटिङ एजेन्सीले विशेष प्रकारका विभिन्न सामग्री बटुलेर गुडी ब्याग बनाउँदै आएका छन्, जुन उत्कृष्ट नायक–नायिका, उत्कृष्ट सह नायक–नायिका, उत्कृष्ट निर्देशकजस्ता विधाका लागि बनाइएको हुन्छ । एजेन्सीले यसको मूल्य कति हो भनेर त जानकारी दिएको छैन  तर गत वर्ष यसको मूल्य करिब एक लाख डलरको बताइएको छ ।

यसटकको गुडी ब्यागमा छन् यी चिज

एजेन्सीले यसपटक दिइने गुडी ब्यागबारे जानकारी सार्वजनिक गरेको छ । सिनेट डट कमको खबर अनुसार यसपटकको ब्यागमा मिलियानाको क्रिस्टल इयररिङ, २४ क्यारेटको सुनको कलम र १२ दिनको क्रुज यात्रा (मूल्य ७८ हजार डलर) समावेश छन् । मनोनीतलाई मेडिटेसन ह्यान्ड ब्यान्ड र युरिन कलेक्टर पनि दिइनेछ । यसबाहेक एक वर्षको लिभ इट अपको सदस्यता पनि हासिल गर्नेछन् ।

खानपिनदेखि थेरापीसम्मकाे व्यवस्था



यसपटकको स्वाग ब्यागमा मिल किट, न्युट्रिसन बार, अरोमाथेरेपीको गिफ्ट सेट रहेको छ, जसमा स्लिप सपोर्ट रोलरबल, हनी मिन्ट लिप बाम र बडी ओइल पनि हुनेछ । एजेन्सीका संस्थापक ल्यास फेरीले भने, ‘हामी आधिकारिक रुपमा यो गिफ्ट ब्यागको मूल्य बताउन सक्दैनौँ। तर, यो अहिलेसम्मकै उत्कृष्ट संकलन हो ।’

यी चिज पनि पाउने सम्भावना 



– गोल्ड सिल्भर मुन ब्रासलेट

– १० निजी ट्रेनिङ सेसन

– जोन थामनको स्टेन्ड ग्लास पोट्रेट

– ककटेल मकटेलका लागि प्रयोग हुने सिरप

– २५ हजार डलर सम्मको बोटेक्स उपचार

– स्पेनको लाइट हाउसमा स्टे

– ओल्ड स्पाइसको डियोड्रेन्ट

– बुलेट प्रुफ सेक्योरिटी ढोका

– वकिकी होटेलमा पाँच रातको स्टे

  • प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार १५:२०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया