अब चोर्न मन लागे चोर्ने अनि चोरेको थाहा पाए विष्णु विष्णु भन्नुस्, सामान फर्काइदिनुस् सक्कियो : गगन थापा

 

चितवन– नेपाली कांग्रेसका नेता गगन थापाले बालुवाटार जग्गा प्रकरणमा कसैलाई काखा कसैलाई पाखा गरेर मुद्दा दायर गरेकामा आपत्ति जनाएका छन् । शुक्रबार चितवनमा आयोजित कार्यक्रममा थापाले आपत्ति जनाएका हुन् ।

कार्यक्रममा नेता थापाले पूर्वप्रधानमन्त्री माधव नेपाल, बाबुराम भट्टराई र तत्कालीन मुख्यसचिव लीलामणि पौडेललाई मुद्दा नचलाएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आलोचना गरे । 

‘अख्तियारले ३ पटक फाइल सदर गर्ने प्रधानमन्त्रीका बारेमा बोल्नुपर्दैन ? कांग्रेस कालिका नगर समितिको कार्यक्रममा उनले भने, ‘त्यसको निर्णय गर्ने मुख्यसचिव लीलामणि पौडेलबारे बोल्नुपर्दैन ? जग्गा प्राप्त गर्ने नेकपाका महासचिव विष्णु पौडेलका बारेमा बोल्नुपर्दैन ?’ 

जग्गा फिर्ता गर्ने शर्तमा नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनलाई छाड्न नमिल्ने बताउँदै उनले भने, ‘अब सजिलो छ । कसैलाई चोर्न मन लागेको छ भने चोरे हुन्छ, पहिला चोर्ने, चोरेको थाहा पाए विष्णु विष्णु भन्नुस्, चोरीको सामान फर्काइदिनुस्, सक्कियो ।’

बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले १७५ जनाविरुद्ध मुद्दा चलाएको छ । तर, नीतिगत निर्णय भएको भन्दै मन्त्रिपरिषदबाट निर्णय गराउने तत्कालीन प्रधानमन्त्रीउपर मुद्दा चलाएको छैन । 



त्‍यस्तै नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले जग्गा फिर्ता गर्न मन्जुर गरेको भन्दै मुद्दा चलाएको छैन ।

भ्रष्ट्राचारजन्य कसुरमा जो कोही संलग्न भए पनि छाड्न नमिल्ने नेता थापाले बताए । उनले चने, ‘मैले गरेको छु भने म पनि पर्नुपर्छ । भ्रष्टाचारको सन्दर्भमा यो, त्यो भन्ने हुदैन ।’



  • प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार १८:०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया