राजपासँग नेकपाकाे सर्त : उपसभामुख पद लिने भए प्रदेश २ सरकार फेराैँ

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले प्रदेश २ सरकारको समीकरण फेर्न प्रस्ताव गरेको छ । राष्ट्रिय जनता पार्टी नेपालसँग नेकपाले उपसभामुख पद लिन प्रदेश २ सरकार फेर्नुपर्ने सर्त राखेको हो । 

बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र राजपाका नेता महन्थ ठाकुरबीच कुराकानी भएको थियाे । भेटमा प्रधानमन्त्रीले ठाकुरलाई प्याकेजमा सहमति गर्न प्रस्ताव गरेका थिए । 

भेटमा प्रधानमन्त्रीले उपसभामुख पदसँगै संवैधानिक आयोग र राजदूतहरूमा सहमतिका लागि प्रदेश २ सरकारको समीकरण फेर्नुपर्ने सर्त राखेका थिए । उपसभामुखका लागि राजपा संघीय सरकारमा आउनुपर्ने प्रधानमन्त्रीको सर्त थियो । 

राजपा अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले पनि प्रधानमन्त्रीसँग छुट्टै कुराकानी गरेका छन् । राजपाले सरकारसँग संविधान संशोधन हुनुपर्ने, राजपाका सांसद रेशम चौधरी रिहा हुने वातावरण बनाउनुपर्ने, मधेस आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दा खारेज हुनुपर्ने, घाइतेहरूलाई राहत दिनुपर्ने माग राखेको छ । 

राजपाले राखेका माग पूरा भएमा राजपा सरकारमा जान तयार रहेको राजपाका नेताहरू बताउँदै आएका छन् । केही दिनअघि मात्र राजपाका सात जना वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तथा महासचिवहरूले पार्टी नेतृत्वलाई ध्यानाकर्षण पत्र लेखी यही स्थितिमा राजपा सरकारमा जान नहुने सुझाव दिएका थिए ।





  • प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार १९:११:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया