Fri, 07 Aug, 2020


एउटै मन्डपमा बाबु र छोरीले गरे विवाह
फरकधार / माघ २६, २०७६

एजेन्सी– कहिलेकांही आउने समाचारहरु यस्ता हुन्छन्, जुन हामीलाई पत्याउनै गाह्रो लाग्छ । तर, भारतको राँचीमा आएको एउटा समाचार पत्याउनै पर्ने खालको छ । त्यहाँ एउटै मन्डपमा बाबु र छोरीले विवाह गरेका छन् । 



त्यहाँ एउटा सामूहिक विवाह गरिएको थियो । त्यो विवाहमा दुई जोडी बाबु र छोरीको पनि थियो । पिता सुधेश्वर गोपले आफ्नी पत्नी परमी देवीसँग र छोरी कलावती देवीले पति प्रतापसँग एउटै मन्डपमा विवाह गरेका हुन् । 

त्यसो त सुधेश्वरले विवाह २० वर्षअघि गरेका थिए । तर, आर्थिक अवस्था कमजोर भएकाले उनले सबै संस्कार पूरा गर्न पाएका थिएनन् । यहीबीच उनका तीन छोराछोरी भएका थिए । त्यहीमध्ये एक छोरीको विवाहकै दिन उनले पनि पत्नीसँग विवाह गर्ने निर्णय गरेका हुन् । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्