क्रुज सिपमा रोकिएका हजारौँलाई छोडियो

एजेन्सी– हङकङमा पाँच दिन देखि एउटा क्रुज सिपमा फँसेका हजारौँ मानिसहरुलाई कोरोना भाइरसको चेकजाँच गरेपछि छोडिएको छ । उनीहरुमा कोरोना भाइरस नरहेको स्वास्थ्य परीक्षणबाट खुलेपछि छोडिएको हो ।

वल्र्ड ड्रिम जहाजमा सवार करिब ३६ सय यात्रीहरु र जहाजका चालक दलका सदस्यलाई कतै कोरोना भाइरस संक्रमण त भएको छैन भन्ने आशंकामा रोकिएको थियो । 

अर्को एउटा क्रुज सिप जसमा दर्जन यात्रीहरुमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ, त्यसलाई अहिले पनि जापानबाट टाढा रोकिएको छ । 

यो भाइरसका कारण अहिलेसम्म चीनमा कम्तिमा पनि ८१३ जनाको मृत्यु भइसकेको छ । 

अब कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या सार्स भाइरसका कारण मृत्यु भएकाको संख्याभन्दा बढी भइसकेको छ ।

सन् २०१३ मा फैलिएको सार्स भाइरसका कारण झन्डै दुई दर्जन देशमा ७ सय ७४ जनाको निधन भएको थियो । अहिले कोरोना भाइरसका कारण विश्वभरका ३४ हजार ८ सय मानिस समस्यामा परेको र यीमध्ये अधिकांश चीनका भएको बताइएको छ ।



कोरोना भाइरसको संक्रमण बढेपछि गत महिना नै विश्व स्वास्थ्य संगठनले विश्वमा आपत्काल घोषणा गरेको थियो । 



  • प्रकाशित मिति : माघ २७, २०७६ साेमबार २:३८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया