ओस्कार २०२०ः दक्षिण कोरियाली फिल्म प्यारासाइट उत्कृष्ट

काठमाडौं– कोरियन भाषाको फिल्म ‘प्यारासाइट’ यस वर्षको ओस्कार अवार्डमा उत्कृष्ट फिल्म घोषणा भएको छ । योसँगै ओस्कार नयाँ इतिहास रचिएको छ । ओस्करमा विदेशी भाषाको फिल्मलाई उत्कृष्ट फिचर फिल्मको उपाधि दिइएको यो पहिलो पटक हो ।

पहिले देखि नै निकै चर्चामा रहेको फिल्म प्यारासाइटलाई ओरिजिनल स्क्रिनप्ले अवार्ड पनि दिइएको छ । 

फिल्मका निर्देशक बोंग जून हो ले पुरस्कार घोषणा भएपछि बताएका छन्, ‘म निःशब्द छु ।’

ओस्कारमा वाकिन फिनिक्सलाई जोकर फिल्ममा गरेको अभिनयका कारण उत्कृष्ट अभिनेताको अवार्ड दिइएको छ । त्यस्तै, उत्कृष्ट अभिनेत्रीको अवार्ड रेने जेनवृगरलाई दिइएको छ ।

उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड पनि प्यारासाइटलाई नै दिइएको छ । 

 



याे पनि पढ्नुहाेस्:
 

ओस्कार २०२०: थाहा पाउनु पर्ने सात कुरा



 

सिनेमा जगतको सबैभन्दा ठूलो सम्मान मानिने यो अवार्डमा अभिनेता ब्राड पिटलाई फिल्म ‘वन्स अपन अ टाइम’ मा उत्कृष्ट सहअभिनेताको अवार्ड दिइएको छ । लारा डर्नले उत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितेकी छिन् । 

अमेरिकाको लस एन्जलसमा नेपाली समयअनुसा आज विहान सवा पाँच बजे रेड कार्पेट वाकसँगै ओस्कार पुरस्कार समारोह सुरुवात भएको थियो । यो समारोह पौने सात बजेसम्म चलेको थियो । 

गत वर्षजस्तै यो वर्ष पनि यो समारोहमा कुनै पनि उद्घोषक थिएनन् । तर, टम ह्याङ्क्स, नताली पोर्टम्यान तथा ओस्कार इजाकजस्ता ४० सेलेब्रिटीले यो समारोहमा उद्घोषण गरेका थिए । 

यसपटक फिल्म जोकरलाई ओस्कार अवार्डका लागि सबैभन्दा धेरै ११ विधामा मनोनयन गरिएको थियो । 

  • प्रकाशित मिति : माघ २७, २०७६ साेमबार १२:५४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया