पूर्वसचिव अर्जुन कार्कीको घरमा कामदार मृत, श्रीमती गम्भीर

काठमाडौं– नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीको घरमा काम गर्दै आएका कामदार मृत अवस्थामा भेटिएका छन् । उनकी पत्नी मुन कार्कीमाथि पनि हत्या प्रयास भएको थियो । उनी चिन्ताजनक अवस्थामा घरमा भेटिएकी थिइन् । प्रहरीका अनुसार अहिले उनलाई उपचारका लागि अस्पताल लगिएको छ । 

दाङका विजय चौधरीले कार्कीको घरमा काम गर्दै आएका थिए । 

घटना कसले गराएको हो वा किन कार्कीकी श्रीमती र कामदारमाथि आक्रमण भएको हो भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

घटनास्थलमा प्रहरी र स्थानीयको भीड बढेको छ । प्रहरीले यसबारे केही समयपछि जानकारी दिने जनाएको छ ।





  • प्रकाशित मिति : माघ २७, २०७६ साेमबार १३:१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया