बेलायतबाट मेयर आउने भएपछि काँकरभिट्टामा सरसफाइ

झापा–  बेलायतको एक नगरबाट मेयर आउने भएपछि स्वागतका लागि झापाको मेचीनगरस्थित काँकरभिट्टा सहरको सरसफाइ गरिएको छ।

झापा जिल्ला ट्राभल्स एजेन्ट संघको आयोजनामा नेपाल प्रवेशको पूर्वी नाका सरसफाइ गरिएको हो । काँकरभिट्टाको क्याम्पसरोड, टाँसी छोयलिङ गुम्बा हुँदै काँकरभिट्टा खानेपानी परिसरसम्म सरसफाई गरिएको छ ।

सोमबार मेचीनगर नगरपालिकासँग भगिनी सम्बन्ध विस्तार गर्न आउने बेलायती टोलीलाई स्वागत गर्ने उद्देश्यले सरसफाई गरिएको झापा जिल्ला ट्राभल्स संघका अध्यक्ष निरबहादुर कार्की नेत्रले बताए ।

बेलायतबाट फोक्स्टन टाउन नगरपालिकाका मेयर जेकीमोड, भगिनी सम्बन्ध विस्तार समितिका संयोजक धनकिरण गुरुङ,  फोक्स्टन सिटीका उद्योग वाणिज्य संघका अध्यक्ष रेगोशन, आइटी इन्जिनियर ओलीबर विल्सन र भगिनी सम्बन्ध विस्तार समिति सचिव यो मेल्जोन झापाको मेचीनगर आउँदैछन् ।

सम्बन्ध विस्तार तथा भ्रमणका लागि आउने टोलीले सोमबार टाँसी छोयलिङ गुम्बा तथा काँकरभिट्टा खानेपानी सरसफाई तथा उपभोक्ता समितिको कार्यालयमा जाने कार्यक्रम छ ।

ट्राभल्स संघका अध्यक्ष कार्कीले बेलायती टोलीको स्वागतका निम्ती मेचीनगरको सफाइ गरिएको बताए। ‘स्वच्छ तथा सुन्दर बनाउनु सबैको दायित्व भएको र सरसफाइ गर्नुपर्छ भन्ने भावनाका साथ यो काम गरिएको हो,’ उनले भने।



सरसफाइ कार्यक्रममा होटल व्यवसायी संघ काँकरभिट्टा, वडा कार्यालय मेचीनगर नगरपालिका ६, काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्था साथै स्थानीयबासीको सहभागिता रहेको थियो।

कार्कीले पर्यटन वर्ष २०२० लाई दृष्टिगत गर्दै सबैलाई आफ्नो घर अगाडि फूल रोप्न साथै आफ्नो वरिपरिको वातावरण सफा राख्न सबैलाई आग्रह गरेका छन् ।



  • प्रकाशित मिति : माघ २७, २०७६ साेमबार १३:२१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया