बलिउडमा जोनले ट्रिपल रोलमा काम गर्ने

एजेन्सी– बलिउड फिल्ममा हामीले डबल रोलमा काम गरेका अभिनेता तथा अभिनेत्री त देखेका छौँ । अब बलिउडमा बन्ने एउटा फिल्ममा जोन अब्राहमले ट्रिपल रोलमा काम गर्ने भएका छन् । 

उनले अब बन्ने फिल्म एट्याकमा तीनवटा विभिन्न भूमिकामा काम गर्ने भएका हुन् । तर, यो फिल्मको औपचारिक घोषणा चाहिँ भएको छैन । तर, जोनले केही दिनअघि दिएको एक अन्तर्वार्तामा यसबारे बताएका थिए । 

यो फिल्ममा जोनको सहअभिनेत्रीमा ज्याकलिन फर्नान्डिजले काम गर्ने बताइएको छ । यी दुईले यसअघि हाउसफूल २, रेस २ मा सँगै काम गरेका थिए । 





  • प्रकाशित मिति : माघ २७, २०७६ साेमबार १३:२६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया