ए डिभिजन लिग : फ्रेन्ड्समाथि एपिएफको सहज जित

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ )ले फ्रेन्ड्स क्लबमाथि ५–२ को सहज जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले १२औँ मिनेटमा आशिष लामाको गोलबाट अग्रता लिएको थियो । त्यस्तै, आशिषले नै ४०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा दुई गोलले पछि परेको फ्रेन्ड्सले दोस्रो हाफमा आपूmलाई खेलमा फर्काउने प्रयास गरेको थियो ।

खेलको ६९औँ मिनेटमा फिलिपे डि सौजाले गोल गर्दै फ्रेन्ड्सलाई २ –१ स्थितिमा ल्याएका थिए । तर, ७१औँ मिनेटमा एपिएफका प्रविनकुमार स्याङतानले गोल गर्दै  खेललाई ३–१ को स्थितिमा पुर्याए ।

खेलको ७६औँ मिनेटमा विश्व अधिकारीले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काउने प्रयास गरेका थिए । उनको गोलमा फ्रेन्ड्स ३–२ स्थितिमा आएको थियो । 
तर थप गरिएको समयमा १ मिनेटभित्र दुई गोल खाएपछि फ्रेन्ड्सको खेलमा फर्कने सम्भावन पूर्ण रुपमा बन्द भएको थियो ।

थप गरिएको समयको चौथो मिनेटमा टोपबहादुर विष्टले तथा पाँचौँ मिनेटमा प्रविनकुमार स्याङतानले गोल गर्दै एपिएफको जित पक्का गरेका थिए । एपिएफका आशिष लामा खेलको उत्कृष्ट खेलाडी घोषित भए । 

आजको जितपछि एपिएफको रेलिगेसन सम्भावना केही हदसम्म टरेर गएको छ भने फ्रेन्डको शीर्ष ६ मा उक्लने लक्ष्यमा पनि धक्का लागेको छ ।  
एपिएफ १२ खेलबाट ८ अंकको साथमा लिगको तेह्रौँ स्थानमा छ भने फ्रेन्ड्स समान खेलबाट १४ अंकको साथमा नवौँ स्थानमा छ । 
 





  • प्रकाशित मिति : माघ २७, २०७६ साेमबार १७:७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया