ए डिभिजन लिग : च्यासलसँगको पराजयपछि सरस्वती ‘बी’ डिभिजनमा घटुवा

काठमाडौं– सहिद स्मारका ए डिभिजन लिगमा आज च्यासल युथ क्लबसँग २–१ गोलअन्तरले पराजित भएपछि सरस्वती युवा क्लब एक खेलअगावै ‘बी’ डिभिजनमा घटुवा भएको छ । 

जारी लिगको १२औँ खेल सकिँदासम्म १ जित १ बराबरी १० तथा १० हारसहित ४ अंकको साथमा सरस्वती अन्तिम स्थानमा छ । 

अब लिगको अन्तिम खेलमा जित हासिल गरे पनि सरस्वतीको मात्र ७ अंक हुनेछ । लिगको तेह्राैँ स्थानमा रहेको एपिएफको अहिले नै ८ अंक छ । त्यसैले एक खेलअगावै सरस्वतीको रेलिगेसन पक्का भएको हो । 

च्यासलको जितमा दुवै गोल जापानी खेलाडीले गरे । खेलको १८औँ मिनेटमा ताइगा नाकामुराले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए ।

खेलको ६६औँ मिनेटमा हायातो वाकिनोले च्यासलको अग्रतालाई दोब्बर बनाएका थिए । थप गरिएको समयको तेस्रो मिनेटमा काजिम बुसारीले गोल फर्काए पनि टिमको हार भने टार्न सकेनन् । 

सरस्वती ‘बी’ डिभिजनमा घटुवा भएको यो दोस्रोपटक हो । सरस्वती यसअघि २०६३को लिगमा पनि घटुवामा परेको थियो । 



यस्तो छ सरस्वतीको ए डिभिजन लिगमा प्रदर्शन 

२०६३ सालमा पहिलोपटक ए डिभिजनमा उक्लिएको, तर सोही सिजन ‘बी’ डिभिजनमा घटुवामा परेको थियो ।  



२०६६–२०६७ सालकोे ‘बी’को शीर्ष स्थानमा रहँदै पुनः ए डिभिजनमा उक्लिएको सरस्वतीले २०६८ सालको सिजन १३औँ स्थानमा रहेर लिगको अन्त्य गरेको थियो ।

त्यस्तै, सरस्वतीले २०६९, २०७० र २०७५ सालको लिग नवौँ स्थानमा रहेर अन्त्य गरेको थियो । 

  • प्रकाशित मिति : माघ २७, २०७६ साेमबार १७:२६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया