ए डिभिजन लिग : संकटालाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबलाई पराजित गर्दै मछिन्द्र क्लब शीर्ष स्थानमा  उक्लिएको छ । मछिन्द्रले संकटलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा मछिन्द्रले देवेन्द्र तामाङको गोलबाट अग्रता लिएको थियो । उनले खेलको ४४औँ मिनेटमा रञ्जित धिमालको कर्नर बललाई हेडमार्फत उत्कृष्ट गोल गरेका थिए । 

खेलको ६४औँ मिनेटमा विशाल राईले गोल गर्दै मछिन्द्रको अग्रतालाई दोब्बर बनाए । उनको लामो दूरीको फ्रिकिक प्रहारलाई संकटाका गोलरक्षक विनय श्रेष्ठले सही अनुमान लगाउन नसक्दा बलले जाली चुमेको थियो । 

खेलको ८२औँ मिनेटमा मछिन्द्रले तेस्रो गोल प्रहार गर्यो । यसपटक दीपक राईले रञ्जित धिमालको पासलाई सदुपयोग गर्दै गोल गरका थिए । संकटाका लागि खेलको ८९औँ मिनेटमा मेसोउकेले एक गोल फर्काएका थिए । 

मछिन्द्रका देवेन्द्र तामाङ खेलको उत्कृष्ट खेलाडी घोषित भए । मछिन्द्रको यो जितसँगै उपाधि भिडन्त अझै रोमाञ्चक मोडमा पुगेको छ । मछिन्द्रले दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबसँग २ अंकको अग्रता बनाएको छ, तर आर्मीले १ खेल कम खेलेको छ । 

मछिन्द्रले १२ खेलबाट २८ अंक जोडेको छ । आजको खेलमा पराजय बेहोरेको संकटा समान खेलबाट १५ अंक जोड्दै नवौँ स्थानमा छ ।  





  • प्रकाशित मिति : माघ २७, २०७६ साेमबार १८:२५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया