Mon, 03 Aug, 2020


भारतले कोरोना भाइरस संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गर्न लाग्यो
फरकधार / माघ २७, २०७६

एजेन्सी– कोरोना भाइरसले विश्वभर तहल्का मच्चाइरहँदा भारतबाट राम्रो समाचार आएको छ । भारतमा भेटिएका कोरोना भाइरस संक्रमित एक विद्यार्थीको स्वास्थ्यमा राम्रो सुधार आइरहेको छ । 



उनी अस्पतालबाट छिट्टै डिस्चार्ज हुनसक्ने बताइएको छ । उनी वुहानबाट फर्किँदा कोरोना भाइरस संक्रमित भेटिएका थिए । त्रिशुल मेडिकल कलेजमा उपचार गराइरहेका उनको थप एक स्वास्थ्य परीक्षण गर्नु पर्ने बताइएको छ ।

भारतको केरलामा अहिलेसम्म तीन व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ । यी तीनै जना चीनको वुहानबाट फर्किएका हुन् । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्