एजेन्सी– भारतको नयाँ दिल्लीमा जस्तै पश्चिम बंगालमा पनि अब सरकारले निःशुल्क बिजुली दिने घोषणा गरेको छ । आफ्नो फैसलामा पश्चिम बंगालको ममता सरकारले तीन महिनामा ७५ युनिट विद्युत् खपत गर्नेलाई विद्युत् निःशुल्क गर्ने जनाएको हो ।
दिल्लीको केजरीवाल सरकारले चाहिँ २ सय युनिटसम्म बिजुली निःशुल्क गरिरहेको छ । केही दिनअघि त्यहाँ भएको विधानसभा निर्वाचनमा यसबारे खुबै चर्चा भएको थियो ।
ममता बनर्जीको सरकारले पनि आफ्नो बजेट विधानसभामा पेश गर्दै यो घोषणा गरेको हो ।
उता, झारखण्डमा पनि दिल्लीको जस्तै घरेलू उपयोगका लागि निःशुल्क बिजुली दिने तयारी गर्न थालिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।