एजेन्सी– बलिउडका हिट गायक हुन्, अरिजित सिंह । फिल्म आशिकी २ का गीतबाट रातारात लाइमलाइटमा आएका उनले लगातार राम्रा गीतहरु पनि दिइरहेका छन् । यहीबीच उनका फ्यानहरुलाई एउटा खुसीको खब छ । उनले एकै साथ ४ वटा फ्ल्याट किनेका छन् । अरिजितका यी सबै फ्ल्याट मुम्बईमा रहेका छन् ।
स्क्वेयर फिट इन्डियाको एउटा रिपोर्टअनुसार अरिजित सिंहले यो क्षेत्रमा ४ वटा फ्ल्याट किनेको चाहिँ धेरै भएको छैन । उनले चार फ्ल्याट किन्नका लागि ९ करोड ८० लाख भारतीय रुपैयाँ खर्च गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।