भाजपा नेताले भने– स्वतन्त्रता चाहिनेले बस पक्रनू, पाकिस्तान जानू

एजेन्सी– भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता संबित पात्राले नागकिरकता कानुनको विरोध गरिरहेका भारतीयलाई स्वतन्त्रता चाहिएको खण्डमा बस पक्रेर पाकिस्तान जानु पर्ने बताएका छन् । 

‘नयाँ नागरिकता कानुन सबै हिन्दुस्तानीले समर्थन गर्नुपर्छ,’ उनले भने, ‘जसलाई जिन्नावाला स्वतन्त्रता चाहिएको छ, उनीहरुले बस पक्रिएर पाकिस्तान जाँदा हुन्छ ।’ पन्जाबमा तिरंगा यात्राको शुभारम्भ गर्दै भारतीय नेताले यस्तो बताएका हुन् । 

उनले पाकिस्तान, बंगलादेश, अफगानिस्तानमा रहेका गैरमुस्लिममाथि अत्याचार भएको पनि बताएका छन् ।

उनले केही मानिसहरुले जिन्नावाला स्वतन्त्रता चाहिएको भन्दै नारा लगाएको र त्यस्तो चाहनेले सन् १९४७ मा नै स्वतन्त्रता पाएको र पाकिस्तान बनेको बताएका छन् ।





  • प्रकाशित मिति : माघ २८, २०७६ मंगलबार ०:३३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया