ओठ गुलाबी बनाउन

अक्सर चुरोट पिउने मानिसको ओठ कालो हुन्छ भनिन्छ । जे भए तापनि धेरै मानिस ओठ कालो भएका कारणको समाधान खोजिराखेका हुन्छन् । त्यस्तै, जाडोमा ओठ फुट्ने समस्या पनि उत्तिकै हुन्छ । यस्ता समस्याबाट छुटकारा पाउन यी चिजको उपयोग गर्न सकिन्छ :

खाने सोडा
खाने (बेकिङ) सोडामा केही तेल मिलाउनुहोस् । अनि, ओठमा लगाएर १०–१५ मिनेटजति मल्नुहोस् ।
चिनी
एक चम्चा चिनीमा आधा चम्चा मह मिसाएर ओठको मसाज गर्नुहोस् । दुई मिनेटपछि यसलाई मनतातो पानीले धुनुहोस् ।
मह
दुई चम्चा चिनीमा आधा चम्चा मह, वनिला एसेन्स र आधा चम्चा जैतुनको तेल मिलाउनुहोस् । केही बेरपछि ओठमा मसाज गर्नुहोस् । तपाईंको ओठ नरम हुनेछ ।
जैतुनको तेल
एक चम्चा चिनीमा केही थोपा जैतुनको तेल मिसाएर लगाउनुहोस् । यसले ओठ फुटेको निको हुन्छ ।





  • प्रकाशित मिति : माघ २८, २०७६ मंगलबार ०:४७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया