Tue, 14 Jul, 2020


घर पेन्ट गरेको पैसा उठाउन पेन्टरले लगाएको जुक्ति
फरकधार / माघ २८, २०७६

एजेन्सी– बेलायती सहर डर्बिशायरको बोलसोवरमा एक घरको पर्खालमा लेखिएको सन्देश अहिले त्यहाँका सन्चारमाध्यममा निकै छाएको छ । यो खासमा त्यो घरको पेन्टिङ गरेका व्यक्तिले लेखिदिएको कुरा हो । उनले घरमा रंग लगाएको पैसा नपाएपछि घरका मालिकलाई सम्झाउने हेतुले सन्देश लेखेका छन ।



डिन रिब्स नामका यी पेन्टरले घरको बाहिर नै सन्देश लेखिदिएका छन्– घरको पेन्टिङ गराउन मन छ भने यस्तो नगर्नुहोस् ।

डिनका अनुसार उनले त्यहाँ ६४ हजार नेपाली रुपैयाँ लिनु पर्ने थियो । तर, काम सकिएपछि घरमालिक टेरीले उनलाई पैसा दिएनन् । आफूले लन्चब्रेक पनि नलिइ गरेको कामको पैसा नपाएपछि यस्तो उपाय अपनाएको उनले जनाएका छन् । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्