ठाकुर ज्ञवाली प्रहरीको २७ औं महानिरीक्षक

काठमाडाैं— मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २७ औं महानिरीक्षक (आइजिपी)मा ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषदको बैठकले डिआइजीबाट ज्ञवालीलाई आइजिपी बनाउने निर्णय गरेको हो । ज्ञवाली २५ असार ०४७ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन् ।

मन्त्रिपरिषदको सोमबार दिउँसो बसेको बैठकले आइजिपीबारे निर्णय गर्न नसकेपछि मंगलबार बैठक राखिएको थियो । ज्ञवाली प्रदेश– १ का प्रहरी प्रमुखका रुपमा कार्यरत थिए ।

को हुन् आइजिपी ज्ञवाली ?

नेपाल प्रहरीको सबै विभागमा बसेर काम गरेका अनुभवी ज्ञवाली आफ्नो ब्याचमा अब्बल मानिन्छन् । उनलाई संगठनभित्र विवादरहित अधिकृतको रुपमा चिनिन्छ । राजनीति शास्त्रमा स्नातकोत्तर गरेका ज्ञवाली प्युठानका हुन् ।





  • प्रकाशित मिति : माघ २८, २०७६ मंगलबार २३:१६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया