Tue, 18 Feb, 2020


शान्ति पक्रियामा नआएकाे भए पेरुकाे जस्तै हालत हुन्थ्याे: प्रचण्ड
फरकधार / फागुन १, २०७६
फाइल तस्वीर ।

काठमाडाैं— नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टाउकोको मूल्य तोकेकै पार्टीको नेतृत्वबाट परिवर्तन सम्भव भएको बताएका छन् । 



२५ औं जनयुद्ध दिवसका अवसर पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित श्रदाञ्जलीसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘शान्ति सम्झौता होला भन्ने सोचेका थिएनन् धेरैले । शान्ति प्रक्रियामार्फत गणतन्त्रसम्म आइपुग्नु नेपाली जनताको सौभाग्यपूर्ण उपलब्धि हाे । '

पाँच वर्ष अघिसम्म एकअर्काप्रति तिखो छेड्छाड गर्ने कम्युनिस्ट पार्टी आज एउटै भएकाे स्मरण गर्दै उनले श्रीलंका, पेरुलगायत विश्वका विभिन्न देशमा कम्युनिस्ट पार्टीले जनयुद्धबाट शान्ति प्रक्रियामा आउन खोजे पनि आउन नसकेको बताए ।

प्रचण्डले नेपालको सन्दर्भमा तत्कालीन माओवादीले शान्ति प्रक्रियाबाट गणतन्त्रसम्मको उपलब्धि हासिल गर्न सकेको दाबी गरे । नेकपा तथा भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी आज  २५ औं जनयुद्ध दिवस मनाउँदै छन् ।

पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिएको श्रद्धाञ्जलीसभामा प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएनन् ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्