धादिङमा बसले ठक्कर दिँदा सात वर्षीय बालककाे मृत्यु

धादिङ– धादिङको बेनीघाट रोराङ गाउँपलिकामा भएकाे सडक दुर्घटनामा एक बालकको मृत्यु भएको छ ।

बेनीघाट रोराङ गाउँपालिका–२ अर्चलेस्थित मलेखु ताल्ती सडकखण्डमा मलेखुबाट ताल्तीतर्फ जाँदै गरेको ना२ख ५०५७  नंको बसले सात वर्षीय प्रज्वल गुरुङलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

बालकको शव परीक्षणका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ । ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ ।  

बस चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।





  • प्रकाशित मिति : फागुन १, २०७६ बिहीबार १५:५०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया