काठमाडौं– जीवन बिमाप्रदायक कम्पनी नेपाल लाइफ इन्स्योरेन्स्को बिमा शुल्क अब इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ ।
सोबारेको समझदारीपत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्स्का तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै अब नेपाल लाइफ इन्स्योरेन्समा बिमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाइल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सक्ने भएका छन् ।
यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनै पनि जोन पोइन्टमार्फत शुल्क भुक्तानी गर्न सक्नेछन् । यो सेवाबाट नेपाल लाइफका २७ लाखभन्दा बढीको संख्यामा रहेका बिमित व्यक्ति लाभान्वित हुने संस्थाको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।