शान्तिप्रक्रियाका काम नटुंगियोस् भनेर विदेशी संघ–संस्था लागे

काठमाडौं– ततकालीन माओवादीका सुप्रिम कमान्डर तथा वर्तमान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तिप्रक्रियाका बाँकी काम नटुंगियोस् भनेर केही विदेशी संघ–संस्थालागेको बताएका छन् । 

जनक्रान्तिका घाइते, योद्धा, पीडित पक्षलाई सानोसानो समूहमा फुटाल्ने, खुवाउने, पियाउने गरेको र मोटो रकम बुझाउने गरेको आरोप लगाउँदै उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ–संस्थाको पछि नदौडन जनआन्दोलन तथा जनयुद्धका घाइतेलाई आग्रह गरेका छन् ।

जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्दै उनले भने, ‘जनक्रान्तिका घाइते, अपांगता भएकाहरू आइएनजिओ, एनजिओको पछि नलाग्नुहोला, जे हुने हो नेपाल राज्य, यहाँका राजनीतिक दलले नै गरेर हुने हो ।’

विगतमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा पार्टीहरूबीच अन्तरविरोध भएको तर अहिले सबै राजनीतिक दलबीचमा सहमति बनेकाले त्यो अवस्था नरहेको प्रचण्डको दाबी थियो । 





  • प्रकाशित मिति : फागुन १, २०७६ बिहीबार १७:२५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया