प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने, सरकारका कामबारे बताउने
फाइल तस्वीर ।

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । 

प्रधानमन्त्री कार्यालयले दिएको जानकारीअनुसार उनले आजको सम्बोधनमा दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिनेछन् । 

आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लागेका हुन् । ३ फागुनमा केपी ओली नेतृत्वमा सरकार बनेको दुई वर्ष हुँदैछ ।

प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री आज समसामयिक घटनाक्रमबारे पनि बोल्ने छन् ।  





  • प्रकाशित मिति : फागुन २, २०७६ शुक्रबार ९:३९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया