क्रिकेटको रातो बल दिएर धुर्मुसले सुन्तलीलाई भने– आइ लभ यू
तस्वीर: सामाजिक सन्जाल ।

काठमाडौं– कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र उनकी श्रीमती कुन्जना घिमिरे ‘सुन्तली’ अहिले एउटै काममा फोकस भएका छन् । त्यो हो— चितवनमा स्टेडियम बनाउने । 

चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय स्टेडियम बनाउन लागेको यो जोडीले आर्थिक स्रोत संकलनका लागि विभिन्न अरु कामहरु पनि गरिरहेका छन् । जस्तै, केहीअघि त्यहाँ धनधान्यचाल महायज्ञ लगाइएको थियो । धुर्मुस सुन्तली फाउन्डेसनले फिल्म सेन्टी भाइरस पनि बनाएको छ । यो फिल्मको कमाइको केही प्रतिशत गौतम बुद्ध अन्तर्राष्ट्रिय स्टेडियमलाई दिने भनिएको छ । 

यही रंगशालामा १४ फ्रेबुअरी अर्थात् भ्यालेन्टाइन्स डेको दिन एउटा मैत्रिपूर्ण खेल खेलिएको थियो– फिल्म सेन्टी भाइरसको टिम र फिल्मी पत्रकारहरुबीच । 

यहीबीच त्यही खेलबाट एउटा तस्वीर अहिले समाजिक सन्जालमा निकै सेयर भइरहेको छ । तस्वीर हो, धुर्मुस र सुन्तलीको । उनीहरु दुवैले यो मैत्रीपूर्ण खेल खेलेका थिए । 

अन्जान केसीले खिचेको यो तस्वीरमा धुर्मुसले आफ्नी श्रीमतीलाई क्रिकेट बल एउटा प्रेमीले प्रेमिकालाई गुलाब दिएको जस्तै दिएका छन् । क्रिकेट ब्याट लिएर उभिएकी सुन्तलीले यसको बदलामा मीठो मुस्कान धुर्मुसलाई दिएकी छिन् ।





  • प्रकाशित मिति : फागुन २, २०७६ शुक्रबार १३:९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया