Thu, 27 Feb, 2020


सांसद उपाध्यायको निधनपछि संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित
फरकधार / फागुन २, २०७६
फाइल तस्वीर ।

काठमाडौं– प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन स्थगित भएको छ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित भएको हो ।



यसरबारे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमा जानकारी दिएका छन् ।

थापाका अनुसार अब प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसदमा सम्बोधन गर्दैछन् । यो सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका दुई वर्षका उपलब्धिबारे जानकारी दिने योजना छ ।

क्यान्सरबाट पीडित राष्ट्रिय सभा सदस्य उपाध्यायको आज विहान निधन भएको थियो । कांग्रेस सचेतक पुष्पा भुसाल गौतमले सांसद उपाध्यायको निधनपछि शोक परेकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न संसद सचिवालयमा पत्र पठाइएको जानकारी दिएकी छिन् ।

कांग्रेसले पत्र पठाएसँगै आजको प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्