काठमाडौं– लोक दोहोरी गायिका स्मृति गौतमले सर्वोत्कृष्ट काँठे लोक दोहोरी गायिकाकाे अवार्ड हात पारेकी छिन् । ‘रातो सारी पानबुट्टे चोली...’ बोलको काँठे गीतबाट उनले साे अवार्ड हात पारेकी हुन् ।
ज्योति फिल्मकाे आयाेजनामा सम्पन्न कार्यक्रममा उनलाई साे अवार्ड प्रदान गरिएको थियो । बिहीबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उनलाई अवार्ड हस्तान्तरण गरे । गीत र कलाकारको प्रोत्साहनका लागि यो अवार्डको आयोजना गरिएको लागेको ज्योति फिल्म्स प्रोडक्सनले बताएको छ ।
गायिका गौतमले अवार्ड आफ्नो मिहिनेत र कलाको सम्मान भएको बताएकी छिन् । उनले काँठे गीतको प्रचार र प्रवर्द्धनमा कमी हुँदै गइरहेको समयमा आफ्नो कलाको सम्मानस्वरुप अवार्ड पाउँदा निकै खुसी भएको बताइन् ।
गायिका गौतम लामो समयदेखि लोक तथा काँठे क्षेत्रका मौलिक गीतका साथ उपस्थित हुने गरेकी छिन् । अवार्डमा १ वैशाख २०७५ देखि २० पुससम्म बजारमा आएका गीतसंगीतसँग सम्बद्ध ६० विधामा उत्कृष्ट हुनेलाई सम्मान गरिएको थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।