काठमाडाैं– प्रतिनिधिसभाको शुक्रबारको बैठकले नेपाली कांग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेकाे उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । बैठकले दिवंगत उपाध्यायको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।
सांसद उपाध्याय विसं २०७४ को राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रदेश नं ५ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । नेता उपाध्याय सरल एवं भद्र व्यक्तित्वको रूपमा परिचित, सामाजिक कार्य एवं लोकतन्त्रका स्थापनाका आन्दोलनमा सदैव अग्रपंक्तिमा सक्रिय थिए ।
क्यान्सर रोगका कारण नेता उपाध्यायको ५१ वर्षको उमेरमा शुक्रबार बिहान उपचारका क्रममा निधन भएको थियो । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीेले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि शोक प्रस्तावका कारण अन्तिममा आएर स्थगित भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ३ गते ११ बजे बस्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।