सहप्राध्यापक आचार्यले वाल्मीकिलाई दिए एक थान टेलिस्कोप

काठमाडौं– सहप्राध्यापक जयन्त आचार्यले वाल्मीकि क्याम्पसका लागि एक थान टेलिस्कोप हस्तान्तरण गरेका छन् । शुक्रबार क्याम्पसमा आयाजित एक कार्यक्रमबीच आचार्यले ४० हजार मूल्यबराबरको टेलिस्कोप वाल्मीकि क्याम्पसका प्राचार्य डा. गणेशप्रसाद घिमिरेलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै वाल्मीकि क्याम्पस ज्योतिष विभाग प्रमुख प्रा.डा. ऋषिराम पौडेलले विद्यापीठलाई प्राप्त भएको टेलिस्कोपबाट खगोलशास्त्रमा रुचि हुने सबैका लागि लाभ पुग्ने बताए । आफ्नो पालामा सूर्यको छायाका आधारमा ग्रहहरुको अध्ययन गर्ने गरेको स्मरण गर्दै उनले विज्ञानको आविष्कारले ग्रह अध्ययनमा अत्यन्त सहज बनाएको बताए ।

नेपाल प्राध्यापक संघका सभापति शम्भुराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दाता आचार्यलाई क्याम्पसका तर्फबाट पनि सम्मानपत्र प्रदान गरिएको थियो ।

क्याम्पसका प्राचार्य घिमिरेले टेलिस्कोपदाता आचार्यप्रति कृतज्ञता प्रकट गर्दै क्याम्पसलाई प्राप्त टोलिस्कोपको भरपूर सदुपयोग गर्ने वचनबद्धता प्रकट गरे ।  
   
  





  • प्रकाशित मिति : फागुन २, २०७६ शुक्रबार १८:३६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया