बिग बोसः १० लाख लिएर निस्किए पारस, सिद्धार्थ बन्दैछन् ‘विजेता’

भारतको चर्चित टिभी रियालिटी सो बिग बोसको आज फाइनल हुँदैछ । बिग बोसको १३ औं सिजनको यो फाइनलमा पुगेका छन्, सिद्धार्थ शुक्ला, आसिम रियाज, पारस छाबडा, आरती सिंह, रश्मी देसाई र शहनाज गिल । 

केही घन्टापछि यसका विजेताको नाम घोषणा हुनेछ । तर, योबीचमा सोबाट १० लाख भारतीय रुपैयाँ लिएर पारस छबडा बाहिर निस्किएका छन् ।

अर्कोतिर, यो सिजनको विजेताका रुपमा सिद्धार्थ शुक्लाको नाम पनि व्यापक चर्चामा छ । उनीबारे सामाजिक सन्जालमा व्यापक लेखिएको छ । सबैले सिद्धार्थ शुक्ला नै विजेता बन्दै छन् भन्ने टिप्पणी गरेका छन् । योसँगै सिद्धार्थको एउटा फोटो पनि भाइरल गरिएको छ ।





  • प्रकाशित मिति : फागुन ३, २०७६ शनिबार २२:२४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया