१० हजार प्रहरीले सुरक्षा दिँदैछन् मोदी–ट्रम्पको सो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २४ फ्रेबुअरीमा एउटा कार्यक्रम गर्ने भएका छन् । कार्यक्रमको नाम दिइएको छ– रोड सो । 

भारत भ्रमणमा आउन लागेका ट्रम्पको सुरक्षाका लागि भारतले २५ वरिष्ठ आइपिएस अधिकारीको नेतृत्वमा १० हजारभन्दा धेरै प्रहरीलाई तैनाथ गर्दै छ । 

पहिलो पटक दुई दिने यात्रामा भारत आउन लागेका ट्रम्पले मोदीसँग अहमदाबादमा एउाट कार्यक्रम गर्दै छन् । उनले मोटेरामा निर्माण गरिएको क्रिकेट स्टेडियम पनि उद्घाटन गर्दै छन् । 

उनको सुरक्षाका लागि ६५ सहायक आयुक्त, २०० निरीक्षक तथा ८ सय उपनिरीक्षकसहित १० हजारभन्दा धेरै प्रहरीलाई तैनाथ गरिएको छ । 





  • प्रकाशित मिति : फागुन ३, २०७६ शनिबार २२:३०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया