कोरोना भाइरसः भारतमा भयाे याे गाउँ ‘लक्ड डाउन’

एजेन्सी– भारतको पश्चिम बंगाल राज्यको पूर्वी मिदनापुर जिल्लाको भगबानपुर गाउँ कोरोना भाइरसको संक्रमण फैलिने डरले बन्द गरिएको छ । यो गाउँ चीनको वुहान सहरबाट २७९९ किलोमिटर टाढा रहेको मानिएको छ । अहिले विश्वमा कहर मच्चाइरहेको कोरोना भाइरसको संक्रमण चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको थियो । 

वुहानबाट झन्डै ३ हजार किलोमिटर टाढा गभए पनि भगबानपुर कोरोना भाइरसका कारण प्रभावित भएको छ । 

अनि यो क्षेत्रमा रहने सयौँ मानिसहरु यसका कारण प्रभावित भएका छन् । 

यो क्षेत्रका अधिकांश मानिसहरुले विग बनाउने काम गर्थे । महिनामा ५० टन उत्पादन चीनमा निर्यात गर्दै आएका उनीहरुको काम पनि अहिले ठप्प भएको छ । अब त्यहाँका मानिसहरुले आफूहरुले हजारौँ रुपैयाँको कपाल किनेको र अहिले त्यसको उत्पादन बेच्न नपाएर आफूहरु प्रभावित भएको बताएका छन् । 

कोरोना भाइरसका कारण यो गाउँ पूरै ठप्प भएको बिबिसीको हिन्दी संस्करणले लेखेको छ । 

पहिलेको व्यापारभन्दा यो गाउँमा व्यापार पनि ९० प्रतिशतले घटेको त्यहाँका स्थानीयले बताएका छन् । अनि गाउँ नै पूरै ठप्प भएपछि यसलाई लक्ड डाउन भएको संज्ञा दिएका छन् । 





  • प्रकाशित मिति : फागुन ४, २०७६ आइतबार १०:१२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया