एजेन्सी– दिल्ली विधानसभाको निर्वाचनमा बम्पर जित हासिल गरेका आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल तेस्रो पटक आज दिल्लीको मुख्यमन्त्रीको रुपमा सपथ लिँदै छन् ।
सपथ कार्यक्रमअघि उनले दिल्लीवासीलाई भनेका छन्, ‘आज तपाईंहरुको यो छोरोलाई आर्शिवाद दिन आउनुहोस् ।’
केजरीवालले यसअघिकै क्याबिनेटलाई निरन्तरता दिने भएका छन् । यसमा मनिष सिसोदिया, सत्येन्द्र जैन, इमरान हुसैन, गोपाल राय, राजेन्द्र गौतम तथा कैलाश गहलोत रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।