आइपिएलको खेल तालिका सार्वजनिक

काठमाडौं– विश्वकै चर्चित क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल)को तेह्राैँ संस्करणको खेल तालिका सार्वजनिक भएको छ । खेल आगामी मार्च २९मा मुम्बईको घरेलु मैदान वान्खडे स्टेडियममा हुनेछ ।

खेल तालिकाअनुसार गत सिजनको फाइनलमा भिडेका मुम्बई इण्डियन्स तथा चेन्नई सुपर किंग्सको खेलबाट नयाँ सिजनको सुरुवात हुने भएको छ । गत सिजनको फाइनलमा मुम्बईले चेन्नाईलाई १ रनले पराजित गर्दै आइपिएलको उपाधि जितेको थियो ।

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम डिल्ली क्यापिटल्सले किंग्स इलाभेन पञ्जाबसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।

खेल ३० मार्चमा डिल्लीको घरेलु मैदान अर्जुन जेट्ली स्टेडियममा हुनेछ । समूह चरणको अन्तिम खेल मे १७मा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई  इण्डियन्सबीच बैंगलोरको घरेलु मैदान चिन्नास्वामी स्टेडियममा हुनेछ ।

यस सिजनको फाइनल खेल मे २४मा मुम्बईको घरेलु मैदान वान्खडे स्टेडियममा हुनेछ ।  

  





  • प्रकाशित मिति : फागुन ४, २०७६ आइतबार १६:२७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया