इरान अमेरिकासँग कहिल्यै झुक्दैन

एजेन्सी– सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौता भंग गरेको घोषणा गरे । त्यसपछि इरान र अमेरिकाबीच बढेको द्वन्द्व अहिले उत्कर्षमा पुगेको छ ।

३ जनवरीमा अमेरिकाले इरानका प्रभावशाली सैन्य कमान्डर कासिम सुलेमानीको हत्या पनि गरिदियो । त्यसपछि यी दुई देशबीच दुश्मनी चरम अवस्थामा पुगेको छ । 

अमेरिकामा डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि इरानमाथि अत्यधिक प्रेसर दिने रणनीति अपनाएका छन् । यसका कारण इरानमाथि विभिन्न किसिमका आर्थिक प्रतिबन्ध लगाइएको छ । यति हुँदा पनि इरानले आफू अमेरिकासँग कहिल्यै नझुक्ने बताउँदै आएको छ । 

आइतबार एक प्रेस कन्फ्रेन्समा इरानका राष्ट्रपति हसन रुहानीले इरानलाई जति दबाब दिए पनि इरान अमेरिकासँग नझुक्ने बताएका छन् । उनले भनेका छन्, ‘हामी अमेरिकी दबाबका सामु झुक्दैनौँ, अनि हामी अमेरिकासँग कुनै वार्ताका लागि पहल गर्ने वा वार्ता गर्ने विषयमा कुराकानी पनि गर्दैनौँ ।’

तर, अर्कोतिर अमेरिकाको कडा आर्थिक प्रतिबन्धका कारण इरानको अर्थव्यवस्थाको अवस्था अत्यन्त कमजोर भएको मानिएको छ । यही प्रतिबन्धका कारण इरानले आफ्नो तेल बेच्न पाएको छैन । इरान अमेरिकासँग नयाँ परमाणु सम्झौता गर्ने विषयमा असन्तुष्ट देखिँदै आएको छ ।

इरानका विदेशमन्त्री जवाद जरिफले शनिबार साउदी अरबले सुलेमानीको हत्यापछि आफूहरुसँग सम्पर्कको प्रयास गरेको तर यसलाई आफूहरुले अस्वीकार गर्दै आएको जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : फागुन ५, २०७६ साेमबार १३:२८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया